काठमाण्डौं –राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले बुधबार सो मतदाता नामावली सार्वजनिक गरेको हो। कानुनी व्यवस्थाअनुसार संघीय संसदतर्फ ३३१ जना र प्रदेशसभातर्फको ५५० जना गरी सो निर्वाचन प्रयोजनका लागि ८८१ जनाको नामावली सार्वजनिक गरिएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।
अन्तिम नामावली फागुन १२ गते अपरान्ह ३ बजेदेखि ४ बजेसम्म सार्वजनिक गर्ने कार्यतालिका रहेको उनले बताए । फागुन ११ गते आज १२ बजेपछि उजुरीमाथि जाँचबुझ गरी अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन अधिकृत पौडेलले बताए । आज बिहीबार १२ बजेपछि जाँचबुझको प्रक्रिया सुरु हुने उनले बताए ।
अन्तिम मतदाता नामावली शुक्रबार १२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म सार्वजनिक हुने उनले बताए । राष्ट्रपतिको निर्वाचन फागुन २५ गतेका लागि तोकिएको छ । सो निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता हुनेछ। उपराष्ट्रपति निर्वाचन चैत ३ गते तोकिएको छ ।