काठमाण्डौ – पूर्वस्वास्थ्यमन्त्री प्रा. डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि दम र छातीको सङ्क्रमणको उपचार गराइरहेका श्रेष्ठको आज बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।
उनी मानवअधिकार क्षेत्रका अगुवा थिए । वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए । २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री भएका थिए ।
उनको मङ्गलवार भोलि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उनका छोरा डा. जया श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९ ०९:१०
प्रतिक्रिया दिनुहोस्