Sagun Khabar
बैतडीमा २ हजार ६५८ जनाले कोरोना विरुद्धको भेरोसेल खोप लगाए 

बैतडी –बैतडीमा कोरोना भाईरस विरुद्धको भेरोसेल खोप २ हजार ६५८ जना नागरिकले लगाएका छन् । गत जेठ २८ गतेदेखि शुरु भएको खोप अभियान अन्तर्गत नागरिकहरुले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

खोप लगाउन ६२ देखि ६४ बर्ष उमेर समूह तोकिएपनि अन्य उमेर समूहका नागरिकले पनि खोप लगाएका छन् । सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ४९९ जनाले खोप लगाएका छन् ।

Atrya hospital

यस्तै पाटन नगरपालिकामा ३३१ जना, पुर्चौंडी नगरपालिकामा ३२५ जना, मेलौली नगरपालिकामा २४२ जना र डिलाशैनी गाउँपालिकामा २५८ जनाले खोप लगाएका छन् ।

यसैगरी दोगडाकेदार गाउँपालिकामा २७० जना, शिवनाथ गाउँपालिकामा २०९ जना, सिगास गाउँपालिकामा २४२ जना, सुर्नया गाउँपालिकामा १८५ जना र पञ्चेश्वर गाउँपालिकामा १०१ जनाले खोप लगाएका छन् । जिल्लामा ३ हजार ७८० डोज खोप आएको र केही ठाउँमा अहिले पनि खोप लगाउने कार्य भईरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

भेरोसेल खोपको दोश्रो मात्रा २८ दिनपछि लगाउनुपर्ने हुन्छ । भेरोसेल खोपको दोश्रो मात्रा मौज्दात राखेर पहिलो डोज दिइएको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर निरीक्षक हरिश भट्टले जानकारी दिए  ।

कोभीशिल्ड खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकले दोश्रो मात्रा नपाएकाले भेरोसेल खोप भने दोश्रो मात्रा मौज्दात राखेर मात्रै दिइएको उनले बताए । 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १०:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update