Sagun Khabar
सुदूरपश्चिममा बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य, २०८ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी – सुदूरपश्चिममा बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्यमा झरेको छ । प्रदेशका ९ ओटै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या आज शुन्य रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै आज २०८ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये २०८ जनाले कोरोना जितेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै १ हजार ६४ जनाको नमूना परीक्षण गर्दा प्रदेशभरी थप ६१ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार २, २०७८  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update