Sagun Khabar
बैतडी : बीमा भरे अनुदान पाइन्छ भनेर ठगी गर्ने एकजना पक्राउ 

बैतडी –बीमा भरेमा अनुदान दिन्छु भन्दै ठगी गर्ने एकजनालाई बैतडी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं २ सिलंगाका ३४ बर्षीय कमलराम विकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । उनले भने ‘स्थानीय नागरिकहरुले दिएको जाहेरीको आधारमा हामीले विकलाई नियन्त्रणमा लिएका छौं । उनीमाथि अनुसन्धान गरिरहेका छौं ।’

विकले सिटिजन लाइफ इन्स्योरेन्समा बीमा भरिदिन्छु भन्दै स्थानीयहरुबाट रकम संकलन गरेर ठगि गरेको पाइएको प्रहरी निरीक्षक शाहीले बताए । 

Atrya hospital

महेन्द्रनगरबाट २५ लाख र बैतडीबाट १५ देखि २० लाख रकम संकलन गरेर स्थानीयहरुलाई विकले ठगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

स्थानीयहरुले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएपछि विकलाई नियन्त्रणमा लिएको र बिहीबार उनी विरुद्ध मुद्दा दायर हुने प्रहरी निरीक्षक शाहीले बताए । 

कमलराम विकसंगै दुईजना अरु पनि ठगी कार्यमा संलग्न रहेको बुझिएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असार २, २०७८  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update