Sagun Khabar
अनिरुद्र ग्रामीण सुधार केन्द्रद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण 

बैतडी –सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको गैरसरकारी संस्था अनिरुद्र ग्रामीण सुधार केन्द्र बैतडीले विभिन्न स्थानीय तहमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाईरसको जोखिम न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको अनिरुद्र ग्रामीण सुधार केन्द्रका कार्यक्रम निर्देशक पदमराज अवस्थीले जानकारी दिए । 

ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा अनिरुद्र ग्रामीण सुधार केन्द्रले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । मास्क, सेनेटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएका उनले बताए । 

Atrya hospital

दोगडाकेदार गाउँपालिका, मेलौली नगरपालिका, पाटन नगरपालिका र सुर्नया गाउँपालिकामा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको कार्यक्रम निर्देशक अवस्थीले बताए । प्रति स्थानीय तह ४० हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको उनले बताए । 

यसअघि डिलाशैनी गाउँपालिकामा अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा पनि अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिने उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, असार २, २०७८  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update