Sagun Khabar
कैलालीको गोदावरीमा नदीजन्य पदार्थ उत्खननमा रोक
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीको गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा संकलनमा रोक लगाएको छ । नेपाल सरकारको निर्णय अनुसार नगरपालिकाभित्रका विभिन्न नदी तथा खोलाबाट हुँदै आएको नदीजन्य पदार्थको उत्खनन् तथा संकलन कार्यमा रोक लगाइएको हो ।

नगरपालिकाले एक सूचना जारी गर्दै असार, साउन र भदौ गरी ३ महिनासम्म नगरपालिका क्षेत्रमा रहेका नदी तथा खोलाहरुबाट ढुगां, गिट्टी, बालुवा तथा ग्राभिल आदि नदीजन्य पदार्थको उत्खनन् र संकलन कार्य पूर्ण रुपमा बन्द गरिएको जानकारी गराएको छ ।

नगरपालिकाको सूचनाको कसैले अवज्ञा गरेमा कानुन अनुसार कारवाही हुने नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असार २, २०७८  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update