Sagun Khabar
बैतडीमा नयाँ संक्रमण हुनेको संख्या आज शुन्यमा झर्यो, २६ जनाले कोरोना जिते 

बैतडी –कोरोना महामारीको दोश्रो लहर फैलिएपछि बैतडीमा पहिलो पटक आज कोरोना संक्रमण पुष्टि हुनेको संख्या शुन्यमा झरेको छ । ४४९ जनाको कोरोना परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका सीआइसीटी सहजकर्ता बिनिता चौधरीले बताइन् । 

एकजनाको पीसीआर परीक्षण र ४४८ जनाको एन्टीजेन परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको उनले बताइन् । यस्तै आज २६ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये २६ जनाले कोरोना जितेको चौधरीले बताइन् । 

अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या १४० रहेको छ । सुर्नया गाउँपालिकामा ४२ जना, मेलौली नगरपालिकामा २३ जना, दशरथचन्द नगरपालिकामा २१ जना, पञ्चेश्वर गाउँपालिकामा १३ जना र पाटन नगरपालिकामा ११ जना सक्रिय संक्रमित रहेका छन् । 

यस्तै पुर्चौंडी नगरपालिकामा ११ जना, दोगडाकेदार गाउँपालिकामा १० जना, शिवनाथ गाउँपालिकामा ३ जना, सिगास गाउँपालिकामा ३ जना र डिलाशैनी गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य ठाउँका २ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार २, २०७८  १५:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update