Sagun Khabar
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेस नेता शाहले दाबी प्रस्तुत गर्दै

कैलाली –सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रमुखको कार्यालय पुगेका छन् । शाहलाई बिहीबार (आजै) मुख्यमन्त्री नियुक्त गर्ने र शुक्रबार शपथ ग्रहण गराउने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका १० , एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र सांसद छन् ।

गएको पुस २७ गते एमालेसहित माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपा सांसदको समर्थनमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । बिहीबार रावलले विश्वास मत प्राप्त गर्न नसकेपछि राजीनामा दिएका थिए । 
 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update