Sagun Khabar
पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु 

बैतडी –सोमबार रातीदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग बुधबार दिउँसोदेखि सुचारु भएको छ । राजमार्गको खोड्पे श्रीभावर सडकखण्ड अन्तर्गत बैतडीको ढोल्यामोड नजिकै खसेको पहिरो पन्छ्याएपछि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

प्रहरी तथा सडक डिभिजन कार्यालयको पहलमा पहिरो पन्छ्याइएको उनले बताए । लगातारको बर्षाका कारण मंगलबार पहिरो पन्छ्याउन सकिएको थिएन् । 

Atrya hospital

बुधबार बिहानैदेखि पहिरो पन्छ्याउने काम शुरु भएको र दिउँसोदेखि राजमार्ग सुचारु भएको प्रवक्ता खड्काले बताए । राजमार्ग सुचारु भएसंगै रोकिएका सवारी साधन सञ्चालनमा आएका छन् । 

बर्षातको समयमा पहिरोका कारण जयपृथ्वी राजमार्ग बेला बेलामा अवरुद्ध हुने गरेको छ । 

प्रकाशित मिति: बुधबार, असार २, २०७८  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update