Sagun Khabar
भूकम्पमा परी एक सय बढीको मृत्यु

शक्तिशाली भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेको संख्या एक सयभन्दा बढी पुगेको छ । स्थानीय समय अनुसार आज बिहान सिरियाको सीमा नजिक टर्कीको पजारसिक जिल्लालाई केन्द्रबिन्दु बनाएर ७ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको हो। अमेरिकाको जियोलोजिकल सर्भेले ७ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ भने टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन प्राधिकरण (एएफएडी) ले ७ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ ।

टर्कीको सरकारी सञ्चारमाध्यम एनादोलले भूकम्पमा परी ७६ ज्यान गएको जनाएको छ भने ४ सय ४० जना भन्दा बढी घाइते भएका छन् । भूकम्पले सिरियामा पनि ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ ।

Atrya hospital

सिरियामा भूकम्पमा परी हालसम्म ४२ जनाको मृत्यु भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।  टर्कीका गृहमन्त्री सुलेमन सोयलुले भूकम्पबाट देशका दशवटा सहर प्रभावित भएको जानकारी दिएका छन् । 

टर्कीका राष्ट्रपति रेसेप तैय्यप अर्दोआनले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा बचाउ कार्य सुरु भइसकेको जानकारी दिएका छन् । 
 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update