काठमाण्डौं –नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।आइतबार बिहान विपक्षी दलहरू सँगको छलफलपछि उम्मेदवारी नदिने निर्णय गरिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ । प्रस्ताव दर्तापछि अपराह्न ४ः१५ बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही माघ २३ गते सोमबार दिउँसो १२ बजे उपाध्यक्षको चयनका लागि मिति निर्धारण गरेका थिए । विगत एक वर्षदेखि राष्ट्रिय सभाको उपाध्यक्षको पद रिक्त छ ।
यसैबीच सत्ता गठबन्धनले माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।