Sagun Khabar
सुदूरपश्चिमको पहाडमा पहिरो र तराईमा बाढीको जोखिम 

बैतडी –मनसुन सुरु भएसँगै बाढी पहिरोका घटना बढ्न थालेका छन् । आइतबारदेखिको बर्षाले देशका धेरै नदी खोलामा बाढी आएको छ । अझै केही दिन ठूलो पानी पर्ने सम्भावना भएकाले बाढीको जोखिम अझै बढ्ने मौसमविदले बताएका छन् ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पहिरोको जोखिम छ भने तराईका दुई जिल्लामा बाढीको जोखिम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

Atrya hospital

सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, बझाङ,बाजुरा र अछाममा पहिरोको जोखिम छ भने कैलाली र कञ्चनपुरमा बाढीको जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

बाढी पहिरोबाट हुने जनधनको क्षति रोक्न पूर्व सूचना प्रणालीलाई व्यवस्थित गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार वर्षा र बाढीबारेको जानकारी थाहा पाउन ११५५ नम्बरमा फोन गर्न सकिन्छ । यस्तै ११४९ नम्बरमा फोन गरेर उद्धारको लागि सहायता माग्न सकिन्छ ।
 

प्रकाशित मिति: बुधबार, असार २, २०७८  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update