Sagun Khabar
निषेधाज्ञाको अवधिमा जिल्ला प्रशासन बैतडीका ३० उपलब्धि (सूची सहित ) 

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले कोरोना नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी गरेको अवधि भएका उपलब्धि सार्वजनिक गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको अवधिमा ३० ओटा मुख्य उपलब्धि भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोरोनाको नयाँ भेरियन्ट फैलिएसंगै गएको वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी रहेको छ । निषेधाज्ञाको समयमा कोरोना संक्रमण रोकथाम र न्यूनीकरणका लागि विभिन्न प्रयास भएका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

जिल्ला प्रशासन कार्यालय सार्वजनिक गरेका उपलब्धिमा कोरोना भाईरसको नियन्त्रणका लागि सबै सरोकारवालाहरुसंग समन्वय गरिएको र बैठकहरु गरिएको उल्लेख गरिएको छ । 

Atrya hospital

यस्तै जनचेतना फैलाउने कार्यका साथै ननकोभीड बिरामीहरुको उपचारमा सहजीकरण गरिएको उपलब्धिमा उल्लेख गरिएको छ ।

यसैगरी विभिन्न संघसंस्थाहरुको सहयोगमा राहत वितरण, भारतबाट फर्केका मजदुर तथा बैतडीबाट अन्य ठाउँमा जाने मजदुरहरुको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि आइसोलेसन सेन्टर स्थापना, कन्ट्याक्ट ट्रेसिङ, केस इन्भेस्टीगेसन लगायतका काम गरिएको उल्लेख गरिएको छ । 

यस्तै जिल्लामा निषेधाज्ञा पालाना भए नभएको बारेमा कडाईका साथ अनुगमन गरिएको र जिल्लाका विभिन्न स्थानमा आइसोलेसन सेन्टर स्थापनामा सहजीकरण गरिएको सूचना अधिकारी भारतीले जानकारी दिए । यसैगरी शंकास्पद बिरामीको चेकजाँच, हेल्प डेस्क स्थापना, एम्बुलेन्स व्यवस्थापन, कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा पनि सहजीकरण गरिएको प्रशासनले जनाएको छ । 

यस्तै आपूर्ती व्यवस्था, सेवा प्रवाह, बैंक तथा बित्तीय संस्थाहरुको सेवा प्रवाहमा सहजीकरण, अनुगमन, सीमा व्यवस्थापन लगायतका कुरा पनि प्रशासनले आफ्नो उपलब्धि भएको उल्लेख गरेको छ । 

यस्तै निषेधाज्ञाको अवधिमा पनि विकास निर्माणका कामहरुलाई स्वास्थ्यका मापदण्ड अपनाई सञ्चालन गर्न सहजीकरण गरेको, सीमा समकक्षीसंग समन्वय गरेको, महंगी तथा कालोबजारी गर्नेलाई कारवाही गरिएको, स्वास्थ्य सामग्री उपलब्ध गराउन सहजीकरण गरेपनि प्रशासनले उल्लेख गरेको छ । 

प्रकाशित मिति: बुधबार, असार २, २०७८  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update