Sagun Khabar
पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग अझै सुचारु भएन् 
Atrya hospital

बैतडी –सोमबार रातीदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग अझै सुचारु भएको छैन् । राजमार्गको खोड्पे श्रीभावर सडकखण्ड अन्तर्गत बैतडीको ढोल्यामोड नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सडक माथिबाट ठूलो पहिरो खसेको र पहिरो पन्छ्याउन समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए  । लगातारको पानीका कारण जेसिबी लगाउन समस्या भईरहेको उनले बताए  । पहिरो पन्छ्याउनका लागि जेसीबी मंगलबारदेखि तयारी अवस्थामा रहेपनि लगातारको बर्षाले समस्या भईरहेको उनले बताए ।

सडकमा पहिरो खसेपछि खाद्यान्न सामग्री बोकेका गाडीहरु पनि बीचबाटोमै रोकिएका छन् । बझाङबाट तराईतिर जाने र तराईबाट बझाङ जाने गाडीहरु सोमबार रातीदेखि नै बीचबाटोमै रोकिएका छन् । बर्षातको समयमा पहिरोका कारण जयपृथ्वी राजमार्ग बेला बेलामा अवरुद्ध हुने गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, असार २, २०७८  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update