Sagun Khabar
बैतडीमा मंगलबार ५ जनाले कोरोना जिते, थप ३ जनामा संक्रमण पुष्टि 
Atrya hospital

बैतडी – बैतडीमा मंगलबार ५ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये ५ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै आज थप ३ जनामा संक्रमण पुष्टि भएको छ । सुर्नया गाउँपालिकाका २ र दशरथचन्द नगरपालिकाका थप १ जनामा कोरोना पुष्टि भएको हो ।

अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या १६६ जना रहेको छ । सक्रिय संक्रमित मध्ये सुर्नया गाउँपालिकामा ४३ जना, दशरथचन्द नगरपालिकामा २९ जना, मेलौली नगरपालिकामा २४ जना, डिलाशैनी गाउँपालिकामा १५ जना र पञ्चेश्वर गाउँपालिकामा १४ जना रहेका छन् ।

यस्तै पाटन नगरपालिकामा ११ जना, दोगडाकेदार गाउँपालिकामा ११ जना, पुर्चौंडी नगरपालिकामा ११ जना, शिवनाथ गाउँपालिकामा ३ जना र सिगास गाउँपालिकामा पनि ३ जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य ठाउँका २ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update