Sagun Khabar
प्रवासी नेपालीले आयुष बिष्टको उपचार लागि पठाए सहयोग रकम 

बैतडी –करेन्ट लागेर घाइते भएका बैतडीको पाटन नगरपालिका ४ का आयुष बिष्टको उपचारका लागि प्रवासी नेपालीहरुले सहयोग गरेका छन् । रोजगारीको सिलसिलामा मलेसियामा रहेका बैतडीका नागरिकले रकम संकलन गरेर पठाएका हुन् । 

मलेसियाको पेनाङस्थित एलाइन्स रबर कम्पनीमा कार्यरत नेपालीहरुले हरिसिंह बिष्टको पहलमा रकम सकंलन गरेर पठाएका हुन् । आफूहरुले ९३ हजार ४१८ रुपैंया आयुषको उपचारका लागि पठाएको त्यहाँबाट हरिसिंह बिष्टले बताए । 

Atrya hospital

शिवांश हेल्प फाउण्डेसन मार्फत आयुषको उपचारमा सहयोग पुर्याउन रकम संकलन हुँदै आएको छ । उक्त रकम शिवांश हेल्प फाउण्डेसनको खातामा आएको र उक्त रकम पीडितको खातामा जमा गरिने शिवांश हेल्प फाउण्डेसनका अध्यक्ष महेश अवस्थीले बताए । 

नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण आयुष करेन्ट लागेर घाइते भएका थिए । गोठालो गएको बेला हातले विद्युतको तार छुँदा आयुषलाई करेन्ट लागेको थियो । 

 

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update