बैतडी –फलफूलका बिरुवा विक्रि गरेर लाखौं आम्दानी गर्ने बैतडीका किसान बिरुवा विक्रि नहुँदा यो बर्ष निराश भएका छन् । हिउँदे फलफूलका बिरुवाबाटै लाखौं आम्दानी हुने गरेको भएपनि यो बर्ष बिरुवा नै विक्रि नभएका किसानहरुले बताएका छन् । हिउँदे फलफूलका बिरुवा विक्रि नहुँदा नर्सरीमै बिरुवा थन्किएका राजेन्द्र निजी नर्सरीका सञ्चालक राजेन्द्रबहादुर टेरले बताए ।
नर्सरीमा हजारौं बिरुवा भएपनि विक्रि नहुँदा समस्या भएको उनको भनाइ छ । नर्सरीमा रोप्न लायक भएका बिरुवाहरु विक्रि नहुँदा समस्या भएको टेरले बताए । उनले भने ‘नर्सरीमा विभिन्न जातका हजारौं बिरुवा छन् । तर विक्रि नहुँदा धेरै समस्या भएको छ । अरु बर्ष विरुवा विक्रि हुने गरेको भएपनि यो बर्ष बिरुवाको माग नै आएको छैन् ।’
बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ र सुर्नया गाउँपालिका वडा नं २ मा गरेर २४ ओटा निजी नर्सरी सञ्चालनमा रहेका छन् । निजी नर्सरीमा किसानहरुले बर्खे तथा हिउँदे गरेर लाखौं बिरुवा उत्पादन गरेका छन् । तर उत्पादित विरुवा विक्रि हुन छाडेपछि जिविकोपार्जनमै समस्या आएको माया प्रकाश निजी नर्सरीका सञ्चालक देवदत्त भट्टले बताए ।
बैतडीमा उत्पादित फलफूलका बिरुवा देशका विभिन्न ठाउँमा विक्रि हुने भएपनि यो बर्ष विरुवाको माग नै नआएको भट्टले बताए । उनले भने ‘मैले नै नर्सरीबाट १० लाख आम्दानी गर्ने गरेको थिए । तर यो बर्ष विरुवा विक्रि नै भएको छैन् । हजारौं बिरुवा नर्सरीमै थन्किएका छन् ।’
हिउँदे फलफूलका बिरुवा रोप्ने समय भइसक्दा समेत विरुवा विक्रि नहुँदा समस्या भएको अर्का नर्सरी सञ्चालक पूर्णानन्द भट्टले बताए । बिरुवा विक्रि नहुँदा नर्सरीमै थन्किएका उनले बताए ।
नर्सरीमा राखिएका बिरुवा विक्रि नभएपछि बैतडीका किसान चिन्तित भएका छन् । हिउँदे फलफूलका बिरुवा विक्रि भएपछि बर्खे फलफूलका बिरुवा राख्ने गरिएको थियो । तर यो बर्ष विरुवा विक्रि नहुँदा समस्या भएको किसान बिरबहादुर टेरले बताए । उनले भने ‘नर्सरीमा उत्पादित विरुवा विक्रि नहुँदा समस्या भएको छ । यसले गर्दा पेशाबाटै पलायन हुने अवस्था सिर्जना भएको छ ।’
अन्य बर्षको तुलनामा यो बर्ष बिरुवाको माग घटेको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्रमुख डम्मरसिंह भाटले बताए । देशका अन्य ठाउँमा पनि नर्सरी स्थापना भइसकेकाले फलफूलका बिरुवा कम विक्रि भएका उनले बताए ।
सुख्खा फलफूल विकास केन्द्रमै ५० हजार बढी हिउँदे फलफूल बिरुवा विक्रियोग्य रहेका छन् । तर यो बर्ष फलफूलका बिरुवाको माग कम आएको भाटले बताए । उनले भने ‘अन्य ठाउँमा पनि नर्सरी विस्तार भएका छन् । यसले गर्दा यताका नर्सरीमा उत्पादित बिरुवा कम विक्रि भएका छन् ।’
किसानहरुका नर्सरीमा स्याउ, ओखर, नासपाती, खुर्पानी, आरु, आरुबखडा लगायतका हिउँदे फलफूलका प्रशस्त बिरुवा भएपनि बजार नहुँदा समस्या भएको छ । नर्सरीमा राखिएका बिरुवा विक्रि हुन छाडेपछि आफूहरु समस्यामा परेको किसान परमानन्द भट्टले बताए । उनले भने ‘फलफूलका बिरुवा विक्रि नहुँदा घर खर्च चलाउन समेत समस्या भएको छ । हाम्रो जिविकोपार्जनको माध्यम भनेकै नर्सरी हो तर विरुवा विक्रि हुन छाडेपछि समस्या भएको छ ।’