Sagun Khabar
भारतीय बजार झुलघाटमा नेपाली ग्राहकको घुइँचो 

बैतडी –बैतडीसँग जोडिएको भारतीय बजार झुलाघाटमा नेपाली ग्राहकको घुइँचो लागेको छ । तिहारको समाग्री किन्नका लागि नेपाली ग्राहकहरु भारतीय बजार झुलाघाटमा पुग्ने गरेका हुन् । 

गएको केही दिन यतादेखि भारतीय बजार झुलाघाटमा नेपाली ग्राहक बढेका व्यापारीहरुले बताएका छन् । तिहारका लागि आवश्यक सामग्री खरीद गर्नका लागि नेपाली ग्राहकहरु भारतीय बजार झुलाघाट पुग्ने गरेका हुन् । 
तिहारमा आवश्यक पर्ने सामग्रीहरु भारतीय बजारमा सस्तो पाइने भएकाले आफूहरु सामग्री किन्न झुलाघाट पुगेको बैतडीका स्थानीय प्रकाश लुहारले बताए । 

अरु बेला सुनसान जस्तै देखिने झुलाघाट बजारमा हिजोआज व्यापारीहरुलाई भ्याइनभ्याइ भएको छ । 

नेपाली ग्राहकमा निर्भर रहेको भारतीय बजार झुलाघाटमा तिहारको समयमा चहलपहल बढेको छ । अन्य समयमा खासै चहलपहल नभएपनि तिहारको समयमा झुलाघाट ग्राहकको संख्या बढ्ने गरेको भारतीय पत्रकार प्रेमप्रकाश भट्टले बताए । 

तिहारको सामग्री किन्नका लागि आजभोलि दैनिक सैयौं ग्राहक भारतीय बजार झुलाघाटमा पुग्ने गरेका उनले बताए ।  

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १७:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update