Sagun Khabar
पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध 
फोटो : जयपृथ्वी राजमार्ग अन्तर्गत ढोल्यामोड, तस्बिर : गोपाल धामीको फेसबुकबाट
Atrya hospital

बैतडी –लगातारको बर्षाका कारण खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सो सडकको ढोल्यामोडबाट करीब ५ सय मिटर अगाडि पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

गएराती सडकमा पहिरो खसेको उनले बताए । सडकमा पहिरो खसेपछि खाद्यान्न सामग्री बोकेका गाडीहरु पनि बीचबाटोमै रोकिएका छन् । 

सडक खुलाउनका लागि समन्वय भईसकेको र पानी परिरहेकाले पहिरो पन्छ्याउन समस्या भईरहेको प्रहरीले जनाएको छ । बर्षातको समयमा पहिरोका कारण जयपृथ्वी राजमार्ग बेला बेलामा अवरुद्ध हुने गरेको छ । 

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update