Sagun Khabar
सुदूरपश्चिममा सोमबार १३९ जनाले कोरोना जिते, कोरोनाबाट ४ जनाको मृत्यु 
Atrya hospital

बैतडी – सुदूरपश्चिममा सोमबार १३९ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये १३९ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । कञ्चनपुरका २, कैलाली र अछामका थप १÷१ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७५ जनाको नमूना परीक्षण गर्दा थप १२७ जनामा कोरोना पुष्टि भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update