Sagun Khabar
बैतडीमा सोमबार ४८ जनाले कोरोना जिते, थप १३ जनामा संक्रमण पुष्टि 

बैतडी – बैतडीमा सोमबार ४८ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये ४८ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै आज थप १३ जनामा संक्रमण पुष्टि भएको छ । सुर्नया गाउँपालिकाका ५, दोगडाकेदार गाउँपालिकाका ३, पञ्चेश्वर गाउँपालिकाका २, पाटन नगरपालिकाका २ र सिगास गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो ।

अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या १६८ रहेको छ । सक्रिय संक्रमित मध्ये सुर्नया गाउँपालिकामा ४१ जना, दशरथचन्द नगरपालिकामा ३० जना,मेलौली नगरपालिकामा २५ जना,  डिलाशैनी गाउँपालिकामा १५ जना र पञ्चेश्वर गाउँपालिकामा १४ जना रहेका छन् ।

Atrya hospital

यस्तै दोगडाकेदार गाउँपालिकामा १३ जना, पाटन नगरपालिकामा ११ जना, पुर्चौंडी नगरपालिकामा ११ जना, शिवनाथ गाउँपालिकामा ३ जना र सिगास गाउँपालिकामा ३ जना सक्रिय संक्रमित रहेका छन् ।

बैतडीमा अन्य ठाउँमा २ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update