Sagun Khabar
कैलालीमा पनि थपियो निषेधाज्ञा 
स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी –कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले बैशाख १६ गतेदेखि थप्दै आएको निषेधाज्ञा असार ७ गतेसम्म लम्बिएको हो । जिल्लामा कोभिड संक्रमणदर धेरै नघटेको भन्दै असार ७ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए  ।

उनका अनुसार सबै बैंक तथा वित्तीय संस्थाहरु बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म स्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गरी सञ्चालन गर्न सकिने छ ।

यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर हरेक दिन बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय भएको छ । यसैगरी वर्कशपहरु बढीमा ३ जना कामदार राखेर बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ।

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update