Sagun Khabar
सेती अस्पतालका एक कर्मचारीको कोरोनाबाट मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी –सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत एक जना कर्मचारीको मृत्यु भएको छ । कोरोना संक्रमण भएको ४ दिन नबित्दै अस्पतालको सीएसएसडी शाखामा महिला वार्ड एटेन्डेन्टको रूपमा कार्यरत धनगढी उपमहानगरपालिका १२ की ४२ वर्षीया सीता कुमालको बिहीबार राति मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार सुगरको बिरामी रहेकी कुमाललाई जेठ २४ गते संक्रमण देखिएको थियो । २५ गते अस्पताल भर्ना भएकी उनको २७ गते राति मृत्यु भएको हो । 

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update