काठमाण्डाै – नेपाल राष्ट्र बैंकले अनलाइन बैकिङ, मोबाइल बैकिङ, डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा खेल्ने र सट्टेबाजी नगर्न सूचित गरेको छ ।
राष्ट्र बैंकले सूचना निकालेर जुवा खेल्ने र सट्टेबाजी गर्ने काम गैरकानुनी भएको बताउँदै यस्ता कार्यमा संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति, समूह, संस्थालाई कानुनी कारबाही हुने जनाएको छ । साथै यस्ता कार्यमा संलग्न हुनेको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबार रोक्का हुने राष्ट्र बैकले चेतावनी दिएकाे छ ।
अहिले विश्व कप फुटबल चलिरहेकाले कतिपयले विद्युतीय भुक्तानीका माध्यमबाट बाजी राख्ने गरेको पाइएपछि राष्ट्र बैंकले सूचित गराएको हो ।
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९ १२:२८
प्रतिक्रिया दिनुहोस्