Sagun Khabar
कञ्चनपुरमा लागु औषध सहित दुई जना पक्राउ 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा लागुऔषधसहित  दुई जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–६ प्रेमनगरबाट अवैध लागूऔषध खैरो हिरोईनजस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा कैलालीको गोदावरी नगरपालिका–९ सेरीटोल बस्ने ३० वर्षीय अबिनाश साउद र २७ वर्षीय रुपेश राना रहेका छन् । 

 से४ प ९५०३ नम्बरको मोटरसाइकल हिँडीरहेका बेला उनीहरुलाई प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update