बैतडी –कालीकोटको कर्णाली करिडोरको सडकबाट जेसीबी कर्णाली नदीमा खस्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अधेँरीखोला नजिकबाट जेसीबी नदीमा खसेको प्रहरीले जनाएको छ ।
नदीमा जेसीबी खस्दा सान्नी त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीय चरित्र सार्की र सोही पालिका २ का १६ वर्षीय युवराज बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी शुक्रराज बमले जानकारी दिए ।
कैलालीका अन्दाजी २२÷२३ वर्षीय कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका –१ कालीकोटका १९ वर्षीय उमेश गिरी र सोही ठाउँका १४ वर्षीय रक्तिम कार्की नदीमा बेपत्ता भएका प्रहरीले जनाएको छ । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९ १७:१८
प्रतिक्रिया दिनुहोस्