Sagun Khabar
 ढल्यो गण्डकी प्रदेश सरकार 

पोखरा– एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल भएको छ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उनले बहुमत प्राप्त गर्न सकेनन्। 

उनको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ।

प्रदेश सरकारका युवामन्त्री राजीव गुरुङ ९दीपक मनाङे० भने अनुपस्थित रहे । सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १८:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update