Sagun Khabar
एमालेका १७ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधियो 
स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी – मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएर सरकार बचाउने सुदूरपश्चिम प्रदेश सभाका नेकपा (एमाले)का १७ सांसदलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले स्पष्टीकरण सोधेको छ ।

पार्टीको निर्देशन विपरीत मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्ने समय दिएर स्पष्टीकरण सोधिएको एमालेका प्रदेश सचिव राजेन्द्र रावलले जानकारी दिए  ।

एमाले प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले प्रदेश सभामा संसदीय दलका नेता प्रकाशबहादुर शाहसहित १७ प्रदेश सभा सदस्यलाई २४ घन्टे स्पष्टीकरण सोधेका हुन् । सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टले गत मंगलबार विश्वासको मत लिएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update