बाजुरा – निर्वाचन आयोगले बाजुरामा मतगणना गर्ने निर्णय गरेको छ । मंसिर ४ गते भएको निर्वाचनपछि बुथ कब्जा गरेर मतदान गरिएको भन्दै एमाले र कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएपछि मतगणना रोकिएको थियो ।
आयोगको बुधबार बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको हो । यस्तै आयोगले स्याङ्जा क्षेत्र नं २ मा पनि मतगणना गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ १४:३४
प्रतिक्रिया दिनुहोस्