Sagun Khabar
कैलालीमा कर्नीले हानेर आफ्नै साथीको हत्या गर्ने एकजना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली – कैलालीमा आफ्नै साथीको हत्या गर्ने एक जना पक्राउ परेका छन् । जिल्लाको  कैलारी गाउँपालिका वडा नम्बर  ४ के गाउँका ३९ वर्षीय सोम बहादुर बस्नेत पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले सोही ठाउँस्थित बिरेन्द्र सामुदायीक बनमा लुकिछिपी बसेको उनलाई पक्राउ गरेको हो ।

उनले गत २४ गते सोमबार लम्कीचुहा नगरपालिका वडा नम्बर  २ मोतिपुरस्थित पदम बहादुर बुढा क्षेत्रीको मिनि पक्की घरमा बिगत १ महिना देखी डेरा कोठा गरी बस्दै आएका ज्याला मजदुरीको काम गर्ने धनगढिका ३६ वर्षीय बिशाल बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update