Sagun Khabar
सुदूरपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

कञ्चनपुर –कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले आउँदो डिसेम्बरमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी सो सम्मेलनको तयारीबारे जानकारी गराइएको हो । 

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.अम्मराज जोशीले सुदूरपश्चिम प्रदेशबारे ज्ञान निर्माणका लागि आउँदो डिसेम्बर १२ देखि १४ तारिख अर्थात् मङ्सिर २६ देखि २८ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारी भइरहेको बताए । 

Atrya hospital

सुदूरपश्चिम क्षेत्र भौगोलिक, धार्मिक, सांस्कृतिक, साहित्यिक, प्राकृतिक तथा वातावरणीय रूपमा धनी क्षेत्र रहेको र यस क्षेत्रका सम्भाव्यताहरूको बारेमा अध्ययन अनुसन्धान गरी प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलन गर्न लागेको उनको भनाइ छ । 

विश्वविद्यालय ज्ञान उत्पादनको क्षेत्र भएका कारण त्यसलाई विस्तार गर्ने थलोका रूपमा अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलसँग समन्वय गरी सम्मेलन हुन लागेको हो ।  
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update