Sagun Khabar
सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी –आइतबार सेती प्रादेशिक अस्पतालमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ३३५ जनाको नमुना परीक्षण गर्दा थप ३५ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

हाल अस्पतालमा ३७ जना संक्रमित उपचाररत छन्। १३ जना आईसीयूमा, ३ जना भेन्टिलेटरमा उपचाररत रहेको रहेको सूचना अधिकारी श्रेष्ठले बताए  ।

यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत थप २ जना संक्रमितले ज्यान गुमाएका छन् । कैलालीको घोडाघोडी नगरपालिका–१ का ७९ वर्षीय पुरुष र कञ्चनपुरको बलौरी नगरपालिका–९ की ७६ वर्षीया महिलाकोे मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए । 
 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update