Sagun Khabar
कञ्‍चनपुर क्षेत्र नं. २ मा एनपी साउद बलियो देखिएपछि विपक्षीले गर्न थाले दुस्प्रचार

कञ्‍चनपुर क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता एनपी साउदविरुद्ध नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता-कार्यकर्ताहरुले दुष्प्रचार थालेका छन्। 

आगामी मंसिर ४ गते हुने निर्वाचनमा पराजय निश्‍चितजस्तै भएको देखेपछि माले-मण्डले मिलेर दुष्प्रचार थालेका हुन्। उनीहरुले जनमतबाट तिरष्कृत हुनुपर्ने पीडाले आक्रोशित हुँदै दुष्प्रचार गरेका हुन्। 

Atrya hospital

एक क्लबले आयोजना गरेको सार्वजनिक कार्यक्रममा बच्चाहरुको झगडा हुँदा खिचिएको भिडियो सामाजिक सञ्‍जालमा पोस्ट गर्दै राप्रपा एमाले गठबन्धनले गोयबल्स शैलीको प्रपोगाण्डा गरेका हुन्। तर, उक्त दुष्प्रचार धेरै समय टिक्न सकेन र राप्रपाबाट वडाध्यक्षमा पराजित भएका अमर महराले सामाजिक सञ्‍जालबाट पोस्ट नै हटाएका छन्। 

केन्द्रमा निर्वाचन आयोगको नेतृत्वले आफूलाई नियुक्त गरेको बफादारी एमालेप्रति देखाएजस्तै जिल्लामा निर्वाचन अधिकृत एमालेप्रति नतमस्तक देखिएका छन्। कांग्रेस नेता साउदबारे गलत प्रचार गरिएको कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले बताएका छन्। 

तिहारको देउसी भैलो खेल्ने बेला दुई जनाको झगडा भएको थियो। सुरेश सार्की र सुशान्त ताम्राकारबीच भैली खेल्दा भएको झडपले शनिबार आयोजित सांस्कृतिक कार्यक्रममा उत्कर्ष रूप लियो। दुई पक्षबीच झडपको स्थिति सिर्जना हुनथाल्यो। तर राप्रपा र एमाले गठबन्धनले यसलाई राजनीतिक रंग दिएर एनपी साउद लखेटिएको भनेर गलत प्रचार गरेका हुन्। 

'एनपी साउदको विषयमा कुनै विवाद होइन। एनपी साउद उपस्थित पनि थिएनन्। तर एनपी साउदलाई जोडेर भिडियो आउदा अचम्मित छौं। म प्रमुख अतिथि थिएँ। त्यस्तो केही थिएन। व्यक्तिगत विवादलाई उचालेर सिनियर नेतासँग जोडेर दुष्प्रचार भयो,' मेयर हेमराज ओझाले भने। 

उक्त वडाका वडाध्यक्ष टेक पाण्डेयले पनि दुष्प्रचार नगर्न अपिल गरेका छन्। तर राप्रपा र एमाले निकट कार्यकर्ता तथा पत्रकारले हुँदै नभएको कुरालाई अतिरञ्जित गरेर स्थापित गर्न लागे पनि असफल भएका छन्। कांग्रेस नेता कार्यकर्ताले यो घटनाप्रति दु:ख व्यक्त गरेका छन्। यसरी दुष्प्रचार फैलाउनेमाथि कडा कारबाही गर्न पनि उनीहरुले माग गरेका छन्।

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  २०:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update