कैलाली – कैलालीमा पानीको बाल्टीमा डुबेर एक बालकको मृत्यु भएको छ । धारामा खेल्ने क्रममा नजिकै रहेको भरिएको पानीको बाल्टीमा डुबेर १ बर्षीय विरेन्द्र ऐरको मृत्यु भएको हो ।
गौरीगंगा नगरपालिका २ मालिका टोलका ऐर बाल्टीमा डुबेर गम्भीर घाइते भएका थिए । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९ १६:३७
प्रतिक्रिया दिनुहोस्