भारतको मध्यप्रदेशमा बस दुर्घटना हुँदा  १५ जनाको मृत्यु, ४० जना घाइते
                        
                        
                                                
                                            
                                                                    भारतको मध्यप्रदेशमा बस दुर्घटना हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ । ४० जना भन्दा धेरै घाइते भएका छन् ।
ज्यान गुमाउनेमा दिवाली मनाउन घर जाँदै गरेका मजदुर रहेका छन् । झण्डै सय जना यात्रु बोकेको बस उत्तर प्रदेशको गोरखपुर जाँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मध्य प्रदेशको रीवाबाट ७० किलोमिटर टाढा सोहागी डाँडामा गएराति बस दुर्घटना भएको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १३:२०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
