धनगढी – कैलालीमा एकजना एक जना म्यूकोर्माइकोसिस(कालो ढुसी)को संक्रमितको मृत्यु भएको छ । यहि जेठ १७ गतेदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका– ६ तुलसीपुरका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनको बिहीबार बिहान ७ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । उनीमा लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा कालो ढुसी पुस्टि भएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८ १२:२१
प्रतिक्रिया दिनुहोस्