Sagun Khabar
बर्षाका कारण कञ्चनपुरमा २ सय बढी घर डुबानमा 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा २ सय बढी घर डुबानमा परेका  छन् । जिल्लाका विभिन्न स्थानमा रहेका नदीहरु बस्ती पस्दा घरहरु डुवानमा परेका हुन् । कृष्णपुर, बेलौरी, शुक्लाफाँटा  लगायत विभिन्न पालिकाका बस्तीहरु डुबानमा परेका परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

लगातारको बर्षाका कारण बाढी बस्ती पस्दा सैयौं घरपरिवार जोखिममा परेका छन् । जोखिममा रहेका बस्ती र परिवारलाई अन्यत्र सार्ने काम भइरहेको प्रहरीले जनाएको छ । 

डुबानमा परेका क्षेत्रका नागरिकको उद्धार कार्य जारी रहेको छ । उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  ०९:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update