Sagun Khabar
कञ्चनपुर क्षेत्र नं. ३ (क)बाट एन डी भट्ट समानुपातिकका लागि सिफारिश 

कञ्चनपुर –नेपाली कांग्रेस कञ्चनपुरले एन डि भट्टलाई प्रदेशसभा क्षेत्र नं. ३ (क) को समानुपातिकका लागि सिफिरिस गरेको छ ।

हाल नेपाल ट्रेड युनियन कांग्रेसको सल्लाहकारका रूपमा पार्टीमा काम गरिरहेका भट्टले नेपाल निवृत शिक्षक संघको जिल्ला अध्यक्षको जिम्मेवारी समेत समहालिरहेका छन् । 

Atrya hospital

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कञ्चनपुर ३ बाट संघमा रमेश लेखकसंगै आफ्नो पनि दाबी प्रस्तुत गरेका भट्टले पार्टीको निर्णय मान्दै समानुपातिक तर्फ नाम सिफारिश भएको खुसी व्यक्त गरेका छन् । पार्टीको निर्णयलाई आफूले मान्दै आएको उनले बताएका छन् । 

२०२८ सालदेखि पार्टी गतिविधिमा सक्रिय रहदै आएका भट्ट शैक्षिक, समाजिक र धार्मिक क्षेत्रमा पनि क्रियाशील छन् ।

आगामी निर्वाचनमा नेपाली कांग्रेसको विकल्प नभएको र प्रदेश समानुपातिकमा सिफारिस मात्रै नभई आफु छनोट हुने कुरामा पनि पार्टीप्रति विश्वस्त रहेको उनको भनाई छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १८:४७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update