कैलालीमा एक व्यक्तिको घरबाट स्रोत नखुलेको रकम भेटिएको छ । धनगढी उपमहानगरपालिका–१८े फूलबारी क्षेत्रका ३२ वर्षीया हिरा विकको घरमा भारतीय ८ लाख भारतीय रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घरको गहुँ राख्ने भकारीभित्र ८ लाख लुकाएर राखिएको अवस्थामा फेला परेको कैलाली प्रहरीले जनाएको छ ।
उक्त रकम भारतबाट चोरी गरि ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर, ती व्यक्ति भने पक्राउ नपरेको उनले बताए ।
विकको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । उनी केहीदिन अघि भारतको मुम्बईबाट नेपाल फर्किको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९ १६:२७
प्रतिक्रिया दिनुहोस्