देश भरि डेङ्गुको संक्रमण तिव्र रुपमा फैलिरहेको बेला डडेल्धुरामा पनि धमाधम डेंगुका बिरामी फेला पर्न थालेका छन् । डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा अहिलेसम्म २८ जनामा डेंगु देखिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले बताए । उनका अनुसार २८ जनामध्ये १६ जना डडेल्धुराका छन् भने बाँकी ९ जना बैतडी र ३ जना डोटीका छन् ।
१६ मध्ये सबैभन्दा बढी अमरगढी नगरपालिकाका ९ जनामा डेंगु देखिएको छ। भागेश्वर गाउँपालिकामा ३, गन्यापधुरा र नवदुर्गामा २÷२ तथा अजयमेरु गाउँपालिकामा एक जनामा डेंगु देखिएको भट्टले बताए ।
जिल्लाका ५ स्थानीय तहमा डेंगु फैलिएको स्वास्थ्य कार्यालयले जनाएको छ । अमगरढी नगरपालिका, अजयमेरु गाउँपालिका भागेश्वर, गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा डेंगीका बिरामी फेला परेका हुन्।
डेंगुको संक्रमण फैलिएपछि नियन्त्रणका लागि बासस्थान पत्ता लगाएर लार्भा मार्ने अभियान सञ्चालनबारे छलफल भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।