दार्चुला-दार्चुलामा चट्याङ लागी २९६ वटा भेडा मरेका छन् । जिल्लाको नौगाड गाउँपालिका ४ जमुलेखमा चट्याङ लागी २९६ वटा भेडा हुन् ।
गत शुक्रबारदेखी अविरल वर्षासँगै परेको चट्याङबाट चराउन लगिएका २९६ भेडा मरेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार गएको २४ घण्टामा ६ स्थानमा आगलागी, १ स्थानमा चट्याङ, १ स्थानमा जनावर आक्रमण र १ स्थानमा पहिरोका घटना भएका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९ १२:२२
प्रतिक्रिया दिनुहोस्