Sagun Khabar
चीनबाट ८ लाख डोज खोप काठमाण्डौ ल्याइयो

काठमाण्डौ – चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये आठ लाख डोज खोप मङ्गलवार दिउँसो काठमाण्डौ आइपुगेको छ ।  नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले पौने २ बजे चीनको राजधानी बेइजिङबाट खोप ल्याएको हो ।

आजै बेलुकी ६ बजेपछि हिमालयन एयरलाइन्सको जहाजले कुन्मिङबाट थप एक लाख डोज खोप ल्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा खोप दिने घोषणा गरेका थिए । 

Atrya hospital

चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमै दिएको थियो । खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमका अनुसार चीनले अहिले उपलब्ध  गराएको भेरोसेल खोप उच्च जोखिम समूहमा रहेकालाई उपलब्ध गराइनेछ । ६० देखि ६५ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने सरकारको तयारी छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६५ वर्षमाथि नौ लाखभन्दा बढी र झन्डै साढे १४ लाख ज्येष्ठ नागरिक दोस्रो मात्रा खोपको पर्खाइमा छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update