कञ्चनपुर- कञ्चनपुरमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने, आमा गम्भीर घाइते भएकी छन्। जिल्लाको बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको सोमबार मृत्यु भएको हो।
शव परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको छ। मृतककी आमा अन्दाजी ४८ वर्षीया मञ्जु देवी दमाईलाई समेत यही भदौ १८ गते बिहान सुतिरहेको बेला घाँटीमा सर्पले डसेको थियो।
महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको सघन उपचार कक्षमा मञ्जुको उपचार भइरहेको प्रहरीले बताएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९ ०७:४२
प्रतिक्रिया दिनुहोस्