Sagun Khabar
२ वर्षीया बालिका मृत फेला
Atrya hospital

कञ्चनपुर- कञ्चनपुरको दुई वर्षीया बालिका नहरमा मृत भेटिएकी छन्। भीमदत्त नगरपालिका–१७ मा बडुवाल चौराहाका खेमराज भट्टकी छोरी मुस्कानको शुक्रबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ । बिहीबार साँझ ६ बजेदेखि बालिका घरबाट हराएकी थिइन्।

नहरमा डुबेको आशंकामा अभिभावकले खोजतलासका लागि सशस्त्र प्रहरीलाई खबर गरेका थिए। सशस्त्र प्रहरी नायव निरीक्षक जगतसिंह थापाको कमाण्डमा खटिएको टोलीले शुक्रबार घरभन्दा करिब ७ सय मिटर दक्षिण नहरमा शव भेटाएको हो। बालिकाको नहरमा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update