Sagun Khabar
महाकाली नदीमा कञ्चनपुरकी एक बालिका बेपत्ता 
Atrya hospital

कञ्चनपुर – महाकाली नदीमा कञ्चनपुरकी एक बालिका बेपत्ता भएकी छन् । दोधारा चाँदनी नगरपालिका–७ की दश वर्षीया बालिका सन्ध्या सुनार महाकाली नदीमा बेपत्ता भएकी हुन् । 

दोधारा चाँदनी–९ ढकनाघाटस्थित ठूलोबुबाको घरमा गएका बेला दिदीसित नुहाउने क्रममा बालिका डुबेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बेपत्ता बालिकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।     
 

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १७:२४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update