Sagun Khabar
कञ्चनपुरमा तीनजना बन्दकर्ता पक्राउ 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा बन्द गराउँदै हिँडेका नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ जना नेता पक्राउ परेका छन् ।  मंगलबार बिहान बजार बन्द गराउँदै हिँडेका अखिल क्रान्तिकारी केन्द्रीय सदस्य ललित एसके, अखिल क्रान्तिकारीकै जिल्ला संयोजक भरत विक र कोषाध्यक्ष अनिल घरेडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नेकपाका कञ्चनपुर जिल्ला सेक्रेटरी प्रकाश मल्लले उनीहरूलाई बिनाकारण पक्राउ गरिएको बताएका छन् । बन्दको पूर्वघोषित कार्यक्रम रहेको भन्दै उनले गिरफ्तार गरिएका दुवैको तत्काल रिहाइ गरिनुपर्ने बताए । 

सरकारसँग भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता÷कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने,असमान सन्धि सम्झौता खारेज,महंगी भ्रष्टाचार नियन्त्रण लगायत माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले आज देशव्यापी बन्दको घोषणा गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  ०९:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update