Sagun Khabar
भारतको वनबासामा जिप दुर्घटना, १० नेपाली घाइते 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको सीमावर्ती भारतीय बजार वनबासा नजिकै जिप दुर्घटना भएको छ । वनबासा नजिकैको चक्करपुर बजारमा सोमबार जिप दुर्घटना हुँदा १० जना नेपाली यात्रु घाइते भएका छन् । 

वनबासाबाट खटिमातर्फ गईरहेको नेपाली यात्रु सवार जिप चक्करपुरमा दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ । 

घाइतेहरुको खटिमास्थित सरकारी अस्पतालमा उपचारका भइरहेको छ । जिपका चालक दुर्घटनापछि फरार रहेका र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १५:१४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update