Sagun Khabar
कञ्चनपुरमा युवती मृत्यु प्रकरण : परिवार विरुद्ध मुद्दा 

कञ्चनपुर – कञ्चनपुरमा २५ बर्षीया शान्तिदेवी धामी मृत्यु प्रकरणमा परिवार विरुद्ध मुद्दा दर्ता भएको छ । गएको साउन ३० गेत शुक्लाफाँटा नगरपालिका ७ कालापानीमा धामी मृत फेला परेका थिइन् । 

धामीको मृत्यु भएपछि माइती पक्षले ६ जना विरुद्ध किटानी जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको छ । 

Atrya hospital

आत्महत्या दुरुत्साहनमा बुधबार माइती पक्षले किटानी जाहेरी दर्ता गरेको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए । 

मृतक शान्तिका श्रीमान भने भारतमा रोजगारी गर्दै आएका छन् । प्रहरीकाअनुसार घटना भएका बेला उनी भारतमै थिए । उनका श्रीमानविरुद्ध भने किटानी नपरेको प्रहरीले बताएको छ । मृतकका दुई जना छोराछोरी छन् । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १४:१६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update