Sagun Khabar
कञ्चनपुरमा बस दुर्घटना, चालक घाइते 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा बस दुर्घटना भएको छ । जिल्लाको बेलौरी नगरपालिका–१० स्थित शिवनगरमा सोमबार बस दुर्घटना भएको हो । 

आज बिहान धनगढीतर्फ आइरहेको ना ३ ख ५०८८ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पुनर्वास–१ मोतीबस्तीका बस चालक नारायण चन्द घाइते भएका छन् । 

बसको स्टेयरिङमा समस्या आएपछि दुर्घटना भएको बताइएको छ । बसमा त्यस बेला चालक र सहचालक मात्रै सवार थिए । 
 

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  १४:५४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update